मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ

श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ


बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
 
दर्लिङ–७  पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए । 
 
घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । घाइते  बालकुमारी र उनका श्रीमान् दुबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उनले बताए । 
 

शेयर गर्नुहोस:

0
Shares