मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्याराग्लाइडिङबाट फेवातालमा खसेर मृत्यु

प्याराग्लाइडिङबाट फेवातालमा खसेर मृत्यु


पोखरा । पोखराको फेवातालमा खसेर रोमानियाकी एक प्याराग्लाइडरको आज मृत्यु भएको छ । बयालीस वर्षीया एडे–सिस जेडिआर नाम गरेकी रोमानियाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिए । 
 
पोखराको सराङकोटबाट फ्लाइडर गर्न उडेकी उनी आज बिहान ११ बजे फेवातालमा खसेकी थिइन् । उनलाई  फेवातालको बाराही घाटमा रहेको मोटरबोटसहितको टोलीले उद्धार गरेको थियो । 
गम्भीर घाइते अवस्थामा उनलाई मेट्रोसिटी अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा ११ः३० बजे मृत्यु भएको बताइएको छ । प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा सीधै तालमा खसेको बताइएको छ । 
 

शेयर गर्नुहोस:

0
Shares