मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सात जनाको निधन

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सात जनाको निधन


काठमाडौँ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकोप्टरमा सवारमध्ये ६ जना यात्रु र एकजना चालकको शव फेला परेको प्रहरीले जनाएको छ । 
 
ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताए । 
 
दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौँबाट बुधबार बिहान ८ बजे गएको थियो ।
 
दुर्घटनास्थलमा रहेका प्रहरी बेदप्रसाद अर्यालका अनुसार सात वटै शव डढेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मन्त्री अधिकारी र नेपाली सेनाका अर्जुनकुमार घिमिरेको शव पहिचान भए पनि बाँकीको पहिचान हुन सकेको छैन । 
 
उनका अनुसार अरु हेलिकोप्टर ल्यान्ड गर्न सक्ने अवस्था छैन । उडेको पाँच मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
 
पाथीभरा मन्दिरबाट डेढ किमी टाढा दुर्घटनामा परेको बताइए पनि कुनै पनि हेलिकोप्टर ल्यान्ड हुन सकेको छैन । शवलाई बोकेर हेलिकोप्टर ल्यान्ड गर्न सक्ने ठाउँमा लैजाने तयारी भएको प्रहरी बेदप्रसाद अर्यालले जानकारी दिए । 
 
पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेस्टीको हेलिकोप्टर १ बजेपछि सम्पर्कविहीन भएको थियो । प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो । 
 
हेलिकोप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र ध्रुवदास भोछिभया सवार थिए ।
 
गृहमन्त्रालयले बुधबारै पत्रकार सम्मेलन गरेर घटनाको पुष्टि गर्दै मन्त्री अधिकारीसहित सातैजनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएको जानकारी दिएको छ । गृहमन्त्रालयका अनुसार ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित तारे ढुङ्गा पारीको भीरमा हेलिकोप्टर दुर्घटना भएको हो । 
 
हेर्नुहोस् मन्त्री रबीन्द्र अधिकारीको अन्तिम सम्बाेधन :

शेयर गर्नुहोस:

0
Shares