मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बांग्लादेशको विमान अपहरण प्रयास गर्ने व्यक्तिको मृत्यु

बांग्लादेशको विमान अपहरण प्रयास गर्ने व्यक्तिको मृत्यु


राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बांग्लादेशको विमान फ्लाइट बीजी १४७  मा अपहरणको प्रयास भएपछि चितगोंग शहरमा आपतकालीन अवतरण गराइएको थियो I उक्त बिमानमा  १ सय ४२ जना यात्रु सवार थिए। 
 
आत्मसमर्पण गर्न  नमानेपछि सन्दिग्धलाई  गोली हानिएको सैनिक सूत्रले जानकारी गरेको छ। उक्त बिमान अपहरणकारी मानिएको सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बताइएको छ।
 
 
सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन I उनि पच्चीस वर्षका हुन सक्ने संका गरिएको छ I 
 
विमानमा सबै यात्रु र चालकदलका सदस्यहरू सकुशल रहेका जनाइएको छ । तस्बिर : सामाजिक संजाल