भरतपुर । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीलाई सामाजिक सञ्जालबाट आएको धम्कीप्रति नेपाली कांग्रेस चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिलाई त्रासदीपूर्ण धम्की आएको भन्दै बुधबार नेपाली कांग्रेस चितवनले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएको हो ।
सचिव उत्तम जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको क्रियाकलापले भरतपुर महानगरपालिका र एक इमान्दार जनप्रतिनिधिको गरिमा घट्न गएको महसुस गरेका छौँ । अतः अब उप्रान्त यस किसिमको अनर्गल प्रचार हुन गएको खण्डमा नेपाली कांग्रेस चितवन कडा कदम चाल्न बाध्य हुनेछ ।’ साथै उक्त कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्नसमेत कांग्रेस चितवनले माग गरेको छ ।
यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ । आउँदा दिनमा यस्ता घटना नदोहो¥याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ । उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको उनले एकी छिन् ।
उपमेयर शाहले पनि अर्को विज्ञप्ति जारी गर्दै महानगरपालिकाले मह¤वपूर्ण समितिमा एकलौटी गरेको, लेखा समिति गठन नगरी अनियमितता गरेको, महानगरलाई राजनैतिक थलो बनाउन खोजेको लगायतका १२ वटा बुँदामा असन्तुष्टि जनाएकी छिन् ।
आफूलाई सामाजिक सञ्जालमार्फत धम्क्याएको विषयमा जिल्ला प्रहरी कार्यालयमा बुधबार मौखिक जानकारी उनले गराएको बताइन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहका अनुसार लिखित उजुरी दर्ता भइसकेपछि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिनेछ । ‘आवश्यक छानबिनबाट दोषी भएको पत्ता लागेमा कानुनअनुसारको कारबाही हुनेछ,’ उनले भने ।
प्रतिक्रिया