मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग

सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग


भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानबिन गर्न माग गरेको छ ।
 
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । देशैभर मागपत्र बुझाउने केन्द्रीय कार्यक्रमअनुसार चितवनमा पनि प्रमुख जिल्ला अधिकारीलाई विभिन्न २२ बुँदे मागपत्र बुझाएको हो । 
 
मागपत्र बुझाउँदै चितवनको राप्रपा जिल्ला कार्यसमितिले आफूहरुको मागलाई गम्भीरताका साथ लिनुपर्नेमा ध्यानाकर्षण गराएको छ । फागुन मसान्तसम्म पनि आफ्ना माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
 
राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि राप्रपाले माग गरेको छ । यस्तै जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्नसमेत राप्रपाले जोडदार माग गरेको छ । 
 
धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमतसंग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कारबाही गर्नुपर्नेलगायतका विषय पनि राप्रपाले बुझाएको माग पत्रमा उल्लेख छन् ।
 
चितवनमा पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मागपत्र बुझाउने क्रममा राप्रपा चितवनका जिल्ला अध्यक्ष दिलीप पाण्डे, ३ नं प्रदेश सदस्य सनबहादुर गुरुङ, प्रवास विभागका श्याम पोखरेल, पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको वरिष्ठ उपाध्यक्ष जीवलाल पुरीले जानकारी दिए ।

शेयर गर्नुहोस:

0
Shares