काठमाडौँ । प्रतिनिधिसभा सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र लोकप्रिय गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ ।
भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गरिएको छ । संसद्हरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिएका थिए ।
सांसद अमृता थापा र गणेश पहाडीले दोषी देखिए पाठकलाई कारवाही हुनुपर्ने माग गरे ।
सांसद अमरेशकुमार सिंहले गायक शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाइएको भन्ने सूचना सही हो भने त्यसले लोकतान्त्रिक अधिकार हनन हुने टिप्पणी गरे । सांसद झपटबहादुर रावलले गायक शर्माको गीतमा सरकारले कुनै पनि प्रतिबन्ध जिकिर गरे ।
शुक्रबार गायक शर्माले ‘लुट्न सके लुट’ बोलको गीत यूट्युव मार्फत् सार्वजनिक गरेपछि सत्तारुढ दलका नेता, कार्यकर्ता र बालुवाटारसम्म खलबली मच्चिएको थियो ।
शनिबार दिउँसोसम्म तीनलाखले हेरेको उक्त भिडियो चर्को दबाब थेग्न नसकेपछि शर्माले यूट्युवबाट हटाउँदै गायक शर्माले परिमार्जनसहित अर्को गीत ल्याउने बताएका थिए ।
सो प्रकरणपश्चात् सरकारको व्यापक आलोचना भएको छ ।
प्रतिक्रिया