मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्काउटको आयोजनामा माडीमा स्वास्थ्य शिविर

स्काउटको आयोजनामा माडीमा स्वास्थ्य शिविर


माडी, चितवन । नेपाल स्काउट चितवन र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (सीएमसी) भरतपुरको संयुक्त आयोजना एवम् माडी नगरपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
जनकल्याण मावि कल्याणपुरमा भएको शिविरमा २०० जना स्त्रीरोग तथा मुटुरोगका बिरामीहरुले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा सीएमसीका डाक्टर तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए । 
 
जनकल्याण मावि कल्याणपुरका प्रधानाध्यापक एवम् स्काउट ट्रुपका इकाइ अध्यक्ष रामबहादुर जिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले नेपाल स्काउटले थालनी गरेको सामाजिक कार्यको सराहना गर्दै स्काउटका लागि जुनसुकै सहयोग गर्न नगरपालिका प्रतिबद्ध गरेको जनाए । पूर्वजिल्ला आयुक्त भुवानीप्रसाद पौडेलले स्काउटको महŒवमाथि प्रकाश पारेका थिए । 
 
जिल्ला आयुक्त एवम् एनएसजीएफ नेपाल स्काउट एण्ड फेलोसिपका केन्द्रीय उपाध्यक्ष तीर्थराज न्यौपानेले विभिन्न सामाजिक कार्य र उद्धार तथा राहत कार्यमा जुट्दै आएको स्काउट आजको दिनमा पनि झनै महŒव बढेर गएको बताए । 
 
सीएमसीका प्रशासनिक प्रमुख दुर्गाप्रसाद न्यौपाने समयमै स्वास्थ्य परीक्षण गर्न सके जटिल समस्या हुनुअगावै निराकरण गर्न सकिने बताए । 
 
सो अवसरमा नौवटा विद्यालयका ७/७ जना विद्यार्थीको पेट्रोलले स्काउट कुकिङ प्रतियोगिता गरेको थियो । जसमा जनकल्याण मावि स्काउट ट्रुपको काग पेट्रोल प्रथम, भैरवपुर स्काउट ट्रुपको कोइली पेट्रोल द्वितीय, जनकल्याण स्काउट ट्रुपको सिंह पेट्रोल तृतीय तथा भैरवपुर स्काउट ट्रुपको सुगा पेट्रोलले सान्त्वना स्थान हासिल गरेको थियो । 
 
स्काउटका विद्यार्थी पेट्रोलले विविध परिकारहरु आफैँले तयार पारेर कार्यक्रममा सहभागीहरुलाई खुवाएका थिए । स्काउटका विद्यार्थीलाई अनुशासन, इमान्दारिता, नैतिकवान्, सहयोगी भावनाको विकास गराउँदै अतिरिक्त क्रियाकलापका सहभागी बनाउँदै आएको जिल्ला आयुक्त तीर्थराज न्यौपानेले बताए । 

शेयर गर्नुहोस:

0
Shares