मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१३ वर्षीया बालिका करणी गर्ने दुई युवा पक्राउ

१३ वर्षीया बालिका करणी गर्ने दुई युवा पक्राउ


सौराहा । पूर्वी चितवनको सौराहाबाट जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई शुक्रबार राति पक्राउ गरेको छ । 
 
इलाका प्रहरी कार्यालय रत्ननगरले १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जिल्लाको कोहोल्बी नगरपालिका निवासी ३० वर्षका गंगा चौधरी र सोही ठाउँका अजय कुमार रहेका छन् । 
 
उनीहरुलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । चौधरी र कुमार ज्याला मजदुरी गर्न सौराहामा डेरामा बस्दै आएका थिए । बारा जिल्लाकै आमाबुबासँग डेरामा बस्ने बालिकालाई पैसाको प्रलोभनमा पारेर दुई युवाले करणी गरेको इलाका प्रहरी
 
कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक डीएसपी दयानिधि ज्ञवालीले जानकारी दिए । 
 
बालिकाकी आमाले शुक्रबार साँझ ५ बजे प्रहरीमा उजुरी दिएपछि राति नै उनीहरुलाई सौराहाबाट नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए । पैसाको प्रलोभनमा पारेर युवाहरुले आफू बस्ने कोठामै लगेर करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । 
 
बालिकालाई मेडिकल जाँच गरी परिवारको जिम्मा लगाइएको छ । आरोपित युवाहरुलाई जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाएर अनुसन्धान भइरहेको डीएसपी ज्ञवालीले जानकारी दिए ।