मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार इतिहास मेटाउन सक्रिय : वरिष्ठ नेता पौडेल

सरकार इतिहास मेटाउन सक्रिय : वरिष्ठ नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताएका छन् । 
 
कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उनले “देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उहाँहरुकै इतिहास मेटाउन सरकार लागेको छ, यसका विरुद्ध काङ्ग्रेस आन्दोलनमा उत्रन्छ”, भने । 
 
नेता पौडेलले जहाज खरीद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले सङ्लग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने बताए । 
 
जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष एवं कांग्रेस नेत्री सुजाता कोइरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कसैले सिध्याउन नसक्ने बताइन् । 
 
“देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनेहरु एकजुट हुनुपर्छ, अर्कोलाई सक्छु भन्नेहरु आफैँ सकिनेछन्”, उनले भनिन् । 
 
कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए । 
 
“देशमा राजश्व सङ्कलनदेखि विकासको गति सुस्त रहेको छ यो देशका लागि खतरा हो”, उनले भने । 
 
जीपी कोइराला फाउण्डेशन ललितपुर जिल्ला संयोजक जीतेन्द्र श्रेष्ठ, राष्ट्रिय सभाकी सांसद धना खतिवडा, जीपी कोइराला फाउण्डेशन प्रदेश–३ संयोजक रीता खनाल, पूर्वसांसद रामकृष्ण चित्रकारलगायतले कांग्रेसले जिम्मेवार र सशक्त प्रतिपक्षका रुपमा देशलाई सङ्कटबाट बचाउनुपर्नेमा जोड दिए । कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी गरिएको थियो । 

शेयर गर्नुहोस:

0
Shares