मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गगन थापाको चेतावनी : काँग्रेसलाई जिस्काउने कम्युनिष्ट सरकार, अब सकियो

गगन थापाको चेतावनी : काँग्रेसलाई जिस्काउने कम्युनिष्ट सरकार, अब सकियो


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व मन्त्री गगनकुमार थापाले काँग्रेसलाई जिस्काउने कम्युनिष्ट अब सकिएको उद्घोष गरेका छन् ।
 
दुई तिहाईको दम्भमा कम्युनिष्ट सरकारले प्रतिनिधिसभामा जबरजस्ती रुपमा चिकित्सा शिक्षा विधेयक शुक्रबार पारित गरेपछि सरकारविरुद्ध कडा आक्रोश पोखेका गगनले कम्युनिष्ट सकिएको दाबी गरे । 
 
उनले भने–“काँग्रेस सदनबाट पनि लड्छ, यसको प्रतिउत्तर पछि पाउँछ, अब सरकार र सभामुखलाई पनि महंगो पर्छ, काँग्रेसलाई जसले जिस्कायो कम्युनिष्ट पनि अब सकिएको छ ।”
 
नेता थापाले विधेयक पास गराउन सरकारभन्दा पनि सभामुख बढी लागेकोप्रति आक्रोश पोख्दै सभामुख कृष्णबहादुर महरालाई अब महंगो पर्ने चेतावनी दिए । उनले भने– “सभामुखले शुक्रबार सरकारी विधेयकमाथि छलफल गर्न मिल्दैन भनेर भन्ने तर जालझेल गरेर विधेयक पास गराए ।”
 
उनले भने, ‘प्रमुख प्रतिपक्षी दल विरोधको स्वरसहित सदनमा उभिइरहेको बेला सरकारले निषेध गर्‍यो, यसले दुईतिहाइको दम्भमा नेकपाको सरकारले देशैभरी निषेधको राजनीतिक थालेको छ । यसको जवाफ हामी दिन तयार छौँ, सभामुखले आग्रह र जालझेलपूर्ण व्यवहार गरेका छन् ।’
 
चिकित्सा शिक्षा विधेयक पारित भएपछि थापाको प्रतिक्रियाः
 
छलफलका निमित सामान्य प्रयत्न पनि नगर्नु, यो कुराबाट म आग्रह गर्न चाहन्छु । यो प्रतिपक्षीलाई मात्र होइन । संसदमा उभिरहेको प्रतिपक्षलाई त निषेध गर्छु भन्ने सरकारले देशैभर एउटा सन्देश दिन खोजेको छ, मसँग दुई तिहाई छ । मसंँग रहन्छ, रहन्छ । विरोध गर्ने वा असहमति राख्नेलाई म चिन्दिन, म मान्दिन, गन्दिन भन्ने सन्देश हो । सरकारले निषेधको राजनीति जसलाई हामीले अहिलेसम्म भन्दै आएका थियो, आज उसले पुष्टि गरेको छ । 
 
सरकारले निषेधको राजनीति सुरु गरेको छ, यसको उत्तर हामी त्यही ढंगले दिन्छौं । सभामुखले आग्रहबाट मुक्त भएर व्यवहार गर्न सक्नुभएन त भनेका थियौं नै तर आजबाट थप कुरा भन्नुपर्ने भएको छ, जाल झेलपूर्ण काम गर्नुभएको छ । छलफल गर्न बोलाएर आज म सकेसम्म निकास निकाल्छु, निकास निकालेर बैठकमा मुठभेड हुन दिन्न । अर्थात तपाईंहरुको विरोध भयो भने म सदनलाई अगाडि बढ्न दिन्न भन्ने सन्देश हामीलाई प्रवाह गरेर सदनमा आएर बैठक सुरुभए पछाडि जालझेल गरेर सरकारको एउटा अंग जस्तो, आदेश पालक जस्तो व्यवहार देखाउनुभएको छ । विधेयक पास गर्न सरकारभन्दा बढी कोही लागेको छ भने सभामुख लाग्नुभएको छ । 
 
आज जे भयो सदनमा दुर्भाग्यपूर्ण भयो । दुई तिहाई भएको सरकारले आज कसका विरुद्धमा विधेयक पारित गर्यो ? कि नेपामाल चिकित्सा शिक्षा बलिायो हुनुपर्छ चिकित्सा शिक्षामा पूर्णरुपमा सरकारको जिम्मेवारी हुनुपर्छ भन्ने मागलाई कुल्च्यो । 
 
समाजवाद ल्योन सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर विजय उत्सव मनाएको छ । सरकारलाई बधाई छ । यस विरुद्धको लडाई नेपाली कांग्रेसले संसदमा लड्छ । यसको प्रतिक्रिया सरकारले आउने दिनमा थाहा पाउँछ । सरकालाई यो अत्यन्तै महंगो पर्छ । कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ । 

शेयर गर्नुहोस:

0
Shares