नेपाल

कांग्रेस नेताका नामका अस्पताल बन्द गर्न खोजेको भन्दै सांसद अवरुद्ध

कांग्रेस नेताका नामका अस्पताल बन्द गर्न खोजेको भन्दै सांसद अवरुद्ध


काठमाडौं । नेपाली कांग्रेसको अवरोधका कारण संसद् बैठक स्थगित भएको छ । 
 
बैठकको सुरुवातमै कांग्रेस नेता प्रकाशमान सिंहले सभामुखसँग समय लिएर बोल्दै गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल बन्द गर्न खोजेको भन्दै आपत्ति जनाए ।
 
ती अस्पतालहरुलाई संघीय सरकार मातहत ल्याउने निर्णय नगरिएसम्म संसद चल्न नदिने चेतावनी उनले दिए । 
 
‘हाम्रा आदरणीय नेताहरुको नाममा खुलेका अस्पताललाई संघीय सरकारबाट सञ्चालन गर्ने मन्त्री परिषदबाट निर्णय नभएसम्म संसदको कुनै पनि प्रक्रिया सुरु गर्न दिँदैनौं,’ उनले भने । 
 
नेता सिंहले भनाइ राखिसक्ने वित्तिकै उठेका कांग्रेसका सांसदहरुले रोष्टम अगाडि होहल्ला गरिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 
 
कांग्रेसले सरकारले दम्भ देखाएको भन्दै सडक र सदन दुवैबाट दबाब दिने निर्णय गरेको छ ।