मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय सीमा क्षेत्रमा विप्लव माओवादीले लगायो काँडेतार

भारतीय सीमा क्षेत्रमा विप्लव माओवादीले लगायो काँडेतार


 भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको छ ।
 
पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब ३० मिटर सिमानामा काँडे तार लगाएको हो । 
 
सन् १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सन्धिसम्झौंताहरु खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको छ । 
 
राष्ट्रियता र जनताको जनजीविकाको पक्षमा विप्लव माओवादीले आवाज उठाउँदै आएको भन्दै केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालको सीमा रक्षाको लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए । 
माडी नगरपालिका–५ सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको सुरुवात गरिएको अखिल (क्रान्तिकारी० केन्द्रीय महासचिव प्रकाश शाहीले बताए ।
 
भारतले सीमा मिच्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उनले काँडे तार लगाउन बाध्य भएको बताए । नेपाली झन्डासहित काँडे तार लगाएर सरकार र भारतलाई खबरदारी गरेको उनले जानकारी दिए ।
 
विप्लव माओवादी माडी नगरपालिकाका इन्चार्ज टीका न्यौपानेले नेपाल भारत सीमा सोमेश्वर क्षेत्रको दशगजामा सीमा मिचेका कारण काँडे तार लगाएको बताइन् । 
 
देशभरका सीमाना मिचिइरहेको बेला सांकेतिक विरोधस्वरुप ३० मिटर सीमानामा काँडेतार लगाइएको उनले बताइन् । 
 
‘२५ वर्ष पहिले नाचनचुरी डाँडा हाम्रो नेपालको भूभाग थियो’ उनले भनिन्, ‘ हाम्रो सीमा अहिले विस्तारै तल झरेको छ ।’ पछिल्लो समय सो क्षेत्रमा नेपालीहरुको आवतजावत बढे पनि भारतीयको हस्तक्षेप भने नरोकिएको उनले बताइन् ।

शेयर गर्नुहोस:

0
Shares