चितवन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आयात प्रतिस्थापन अन्त्य नगरेसम्म देशलाई समृद्ध बनाउन नसक्ने बताएका छन् ।
पूर्वीचितवनको खैरहनी–५ गौचरनमा भएको छैठौं खिचरा महोत्सव २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले नेपालमा निर्यातभन्दा आयात बढी भएकोले यसलाई रोक्न आवश्यक भइसकेको बताए ।
उनले कृषिप्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु नै दुर्भाग्यपूर्ण रहेको भन्दै यो देशकै लागि ठूलो चुनौती भएको बताए । उनले खेतबारीलाई बाँझो रहन नदिन आफैँले काम गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । आयातलाई निम्ट्यान्न पारेर आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने उनको भनाइ थियो ।
पौडेलले खिचरा महोत्सव पहिचानको मात्रै महोत्सव नभएको भन्दै यसलाई समृद्ध बनाउनतर्फ अघि बढाउन सके कोशेढुंगा सावित हुने बताए । खिचरा महोत्सवमा हुने स्थानीय उत्पादनको प्रदर्शनीले आर्थिक कारोबार बढाउनुको साथै प्रवद्र्धन गर्न पनि महत्वपूर्ण हुने बताए ।
उनले आफ्नो संस्कृति संरक्षणमा थारु समुदाय आफैँ लाग्नुपर्ने भन्दै चितवनमा थारु संग्राहलय निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिए ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ गते माघी ९खिचरा० पर्वको अवसरमा पुस २८ गतेदेखि सुरु गरेको छैठौं संस्करणको खिचरा महोत्सव सोमबारबाट सकिएको छ ।
प्रतिक्रिया