मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘कालो धन’सम्बन्धी समाचारबारे ध्यानाकर्षण

‘कालो धन’सम्बन्धी समाचारबारे ध्यानाकर्षण


काठमाडौँ । विवेकशील साझा पार्टीले देशभित्रको अर्बौंको ‘कालो धन’ लाई ‘ट्याक्स हेभेन’ भनेर चिनिएका देशमा अवैध तवरबाट जम्मा गरी वैदेशिक लगानीका रुपमा ‘सेतो धन’ बनाएर पुनःनेपाल भित्र्याउने र कानूनविपरीत विदेशमा लगानी गर्नेबारेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 
 
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्तिमार्फत यस्तो गैरकानूनी धन्दाको यथाशीघ्र विश्वसनीय र निष्पक्ष छानविन गरी कानूनी कारवाहीको प्रक्रिया शुरु गर्न सरकारसँग माग गरेका छन् । 
 
मुलुककै अर्थतन्त्र तहसनहस पार्न सक्ने यो धन्दाको विरोध र सरकारलाई निरन्तर खबरदारी गर्नका लागि सबै राजनीतिक दल र नागरिक समाजलाई विवेकशील साझा पार्टीले आह्वानसमेत गरेको छ । 
 
यस्ता कार्यले समग्र अर्थतन्त्रलाई नै धरासायी बनाउने डरलाग्दो अवस्था सिर्जना भएको उल्लेख गर्दै सो पार्टीले विश्व आर्थिक तथा वित्तीय प्रणालीमा नेपालको छवि रसातलमा पुग्ने जोखिम बढेको भन्दै सो पार्टीले चिन्ता व्यक्त गरेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares