मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु


काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा बिहीबार दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । 
 
उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रहरी सहायक निरीक्षक हितबहादुर कटुवालले जानकारी दिए । 
 
उनका अनुसार गारो भत्कँदा घाइते दुवै बालबालिकाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 
 
उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का बाबुराम घर्तीको तीन वर्षीया छोरी झरनाको टाउकामा गम्भीर चोट लागेको र भारतको दरभङ्गा जिल्ला प्रितिपरककी ३५ वर्षीया सीता पासवानको छातीमा चोट लागेकाले बोल्न नसक्ने अवस्थामा रहेका छन् ।
 
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
भक्तपुरका सानु कोजूले सञ्चालनमा ल्याएको उक्त इँटा उद्योगको इँटाको टुक्रा टिप्ने क्रममा सोही उद्योगमा काम गर्ने मजदूरका बालबालिका खेलिरहेका अवस्थामा अन्दाजी १० फिटको ‘डिग वाल’ भत्किएको हो ।