मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ग्यास सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु, चार गम्भीर

ग्यास सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु, चार गम्भीर


काठमाडौं । काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा बुधबार एक जनाको मृत्यु भएको छ ।
 
घटनास्थलमा रहेका स्थानीयका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । 
 
ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका अन्य चार जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।
 
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार तामाङको बुधबार दिउँसो २ः४५ बजे मृत्यु भएको हो । घटनामा गम्भीर घाइते हुनेमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
 
ग्यास कसरी विष्फोट भयो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो । 

शेयर गर्नुहोस:

0
Shares