मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाइडबडीको छानबिन दबाब र प्रभावबाट मुक्त हुनुपर्ने कांग्रेसको माग

वाइडबडीको छानबिन दबाब र प्रभावबाट मुक्त हुनुपर्ने कांग्रेसको माग


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले वाइडबडी विमान खरिदको छानबिन आग्रह, दबाब र प्रभावबाट मुक्त हुनुपर्ने माग गरेको छ ।
 
विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको विषयमा समेत ध्यानाकर्षण भएको उसले बताएको छ । 
 
बुधबार कांग्रेसले पत्रकार सम्मेलन नै गरेर वाइडबडी खरिद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग गरेको हो । 
 
विमान खरिद प्रक्रिया सुरु गर्दा पुष्पकमल दाहाल प्रचण्ड र विमान आउँदा केपी शर्मा ओली नेतृत्वमा सरकार रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । पार्टी सभापति देउवा भर्खर प्रधानमन्त्री भएको बेला १९ वटा मन्त्रालय उहाँसँग थियो ।’
 
‘त्यसको चार दिनपछि निगम सञ्चालक समितिको बोर्ड बैठकले मुद्रा सटहीका लागि अनुरोधको निर्णय गरेको थियो’, उनले भने, ‘क्याबिनेटस्तरीय वा प्रधानमन्त्रीस्तरीय कुनै पनि निर्णय भएको छैन ।’ 
कांग्रेसले विमान खरिद प्रकरणबारे गम्भीर छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । 
 
‘आग्रह, दबाब र प्रभावबाट मुक्त रहेर छानबिन हुनुपर्छ’ प्रवक्ता शर्माले भने, ‘यसमा हामी सहयोग गर्छौ र दबाब पनि दिन्छौं ।’