नेपाल

हिमपातको कारण अमेरिकाको विभिन्न राज्यहरू प्रभावित, जनजीबन कष्टकर

हिमपातको कारण अमेरिकाको विभिन्न राज्यहरू प्रभावित, जनजीबन कष्टकर


अमेरिका– अमेरिकाको विभिन्न राज्यहरूमा आएको हिमपातबाट ७ जनाको मृत्यु भएको स्थानीय समाचार मध्येमहरुले जानकारी गरेको छ I हिमपातको कारणले स्थानीय राजमार्ग ,कलकारखाना , स्कुलहरू प्रभावित भएका छन् । 
 
 
हिमपातबाट  अमेरिकाको मिजौरी ,सेन्ट लुइस ,नर्थ वेस्ट मिजौरि ,क्यान्सस , नर्थ क्यारीलोना  लगायत अन्य राज्यहरूमा असर परेको छ । उक्त राज्येहरुमा करिब २० इन्च सम्मको हिउँ परेको  छ । हिउँको कारणले गर्दा सवारी आवोत जाओत्मा  समेत  असर परेको छ I कयौँ राज्यमा सवारी दुरघटना समेत बढेको स्थानीय समाचार मध्येमहरुले जानकारी गरेका छन् I 
 
ओहायो ,मेरील्याण्ड र भर्जिनिया राज्यमा स्थानीय सरकारले हिमआँधीको करणले भन्दै सङ्कटकाल समेत घोषणा गरेको  छ I अमेरिकाको राजधानी डिसीमा समेत हिमपातले असर गरेको  छ I 
 
अमेरिकामा २०१९को यो पहिलो हिमपात हो I मौसमविदहरुले उक्त हिमपात अझ केही दिनसम्म रहने जनाएका छन् I  तस्बिर : सामाजिक संजाल