मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिमपातको कारण अमेरिकाको विभिन्न राज्यहरू प्रभावित, जनजीबन कष्टकर

हिमपातको कारण अमेरिकाको विभिन्न राज्यहरू प्रभावित, जनजीबन कष्टकर


अमेरिका– अमेरिकाको विभिन्न राज्यहरूमा आएको हिमपातबाट ७ जनाको मृत्यु भएको स्थानीय समाचार मध्येमहरुले जानकारी गरेको छ I हिमपातको कारणले स्थानीय राजमार्ग ,कलकारखाना , स्कुलहरू प्रभावित भएका छन् । 
 
 
हिमपातबाट  अमेरिकाको मिजौरी ,सेन्ट लुइस ,नर्थ वेस्ट मिजौरि ,क्यान्सस , नर्थ क्यारीलोना  लगायत अन्य राज्यहरूमा असर परेको छ । उक्त राज्येहरुमा करिब २० इन्च सम्मको हिउँ परेको  छ । हिउँको कारणले गर्दा सवारी आवोत जाओत्मा  समेत  असर परेको छ I कयौँ राज्यमा सवारी दुरघटना समेत बढेको स्थानीय समाचार मध्येमहरुले जानकारी गरेका छन् I 
 
ओहायो ,मेरील्याण्ड र भर्जिनिया राज्यमा स्थानीय सरकारले हिमआँधीको करणले भन्दै सङ्कटकाल समेत घोषणा गरेको  छ I अमेरिकाको राजधानी डिसीमा समेत हिमपातले असर गरेको  छ I 
 
अमेरिकामा २०१९को यो पहिलो हिमपात हो I मौसमविदहरुले उक्त हिमपात अझ केही दिनसम्म रहने जनाएका छन् I  तस्बिर : सामाजिक संजाल