मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कर्मचारी समायोजन अध्यादेशप्रति कांग्रेसको विरोध

कर्मचारी समायोजन अध्यादेशप्रति कांग्रेसको विरोध


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत हुने क्रममा विरोध जनाएको छ । 
 
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्ने समयमा कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदहरुको विरोधपछि सभामुख कृष्णबहादुर महराले सांसद दिलेन्द्रप्रसाद बडूलाई बोल्न समय दिनुभएको भएको थियो । 
 
सांसद बडूले सरकारले संसद् अधिवेशन शुरु हुनेपूर्व सन्ध्यामा छोटो समय पनि प्रतीक्षा नगरी उक्त अध्यादेश ल्याएकोप्रति आपत्ति प्रकट गरे । सरकारको यो कदम लोकतान्त्रिक प्रद्धतिविरुद्ध रहेको बताउँदै उनले भने, “अध्यादेश सदनमा पेश हुनुअगावै एकातिर सामान्य प्रशासनमन्त्रीले प्रेस सम्मेलन गरी यही अध्यादेश लागू हुन्छ भनेर घोषणा गर्ने र अर्कोतिर सदनमा प्रस्तुत गर्नु विरोधाभास छ ।” 
 
अध्यादेशका व्यवस्थाप्रति विरोध जनाउँदै कर्मचारी आन्दोलित भएको र कर्मचारीको वृत्ति विकास अवरुद्ध हुने गरी अध्यादेश आएको भन्दै कांग्रेस नेता बडूले यो प्राकृतिक न्यायको सिद्धात्त विपरीत छ भने । उनले तत्काल सरकारले सङ्घ, प्रदेश र स्थानीय तह निजामती सेवा ऐन पेश गरी कर्मचारीका समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु भएको हो । 

शेयर गर्नुहोस:

0
Shares