मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमान् विदेशमा भएकी महिलाले गरिन् अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या

श्रीमान् विदेशमा भएकी महिलाले गरिन् अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या


तनहुँ । आफैँले जन्म दिएको नवजात शिशुको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । 
 
भानु नगरपालिका ३ दोरदोर निवासी ३७ वर्षीया लक्ष्मी गन्धर्व नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन् ।
 
श्रीमान विदेश भएको समयमा परपुरुषसँग संसर्गपश्चात् गर्भ बसेर बच्चा जन्मिएकाले हत्या गरेको ती महिलाले स्वीकार गरेकी छिन् । घटनापछि फरार परपुरुषको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 
मंगलबार भानु ३ चण्डीथोकस्थित पाखोबारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरिदिएका थिए ।
 
प्रहरीको अनुसन्धानले लक्ष्मीले आफूले जन्म दिएको नवजात शिशुलाई सोही दिन आफैँले मारेर फालेको बताएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । 
 
उनका श्रीमान् विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । श्रीमान् विदेश भएको मौका छोपेर परपुरुषसँगको संसर्ग भएको र त्यसकै कारण बच्चा जन्मिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 
 
परपुरुषको बच्चा भएकाले शिशु जन्मेकै दिन हत्या गरेको गन्धर्वले स्वीकार गरेकी छिन् । विदेशमा श्रीमान् भएका महिला परपुरुषको संगतमा परेर अनैतिक क्रियाकलाप गर्ने कारण थुप्रैको परिवार भताभुंग हुने गरेको छ ।