मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नागरिकले भन्यो–मिडिया बिक्री काल्पनिक कुरा

नागरिकले भन्यो–मिडिया बिक्री काल्पनिक कुरा


काठमाडौं । नेपाल रिपब्लिक मिडियाले स्वामित्व परिवर्तनको चर्चामा कुनै सत्यता नभएको जनाएको छ । 
 
रिपब्लिक मिडियाको तर्फबाट समृद्धि ज्ञवालीले सोमबार सामाजीक सञ्जाल (फेसबुक) मा स्टाटस लेख्दै सञ्चारमाध्यमहरुमा आएका र बाहिर सुनिएका चर्चाहरु काल्पनिकमात्र भएको दावी गरेकी छिन् । 
 
आफ्नो मिडियाले पछिल्ला समयमा भ्रष्टाचारका बारेमा धारावाहिक रुपमा स्टोरीहरु प्रकाशित गर्दैै आएर समाजमा तरङ्ग ल्याएको उल्लेख गर्दै ज्ञवालीले मिडियाको स्वामित्व परिवर्तन हल्लामात्र भएको उल्लेख गरेकी छिन् । 
 
व्यबसायी अजेयराज सुमार्गीले नागरिक किन्नका लागि चारचरणमा कुराकानी गरिसकेका छन् । बलियो मिडियाको आडमा आफ्ना व्यबसायलाई अघि बढाउने दाउमा रहेका सुमार्गीले नागरिकका लागि दुईअर्ब रुपैयाँसम्म तिर्न तयार भएका छन् ।
 
नागरिकको प्रकाशक नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीले नागरिक नेटवर्कमात्र आफ्नो स्वामित्वमा राखेर बाँकी सबै बेच्न तयार भएको समाचार हिमालयखबरले आइतबार ब्रेक गरेको थियो । तर बिक्री गर्ने कुरामा ज्ञवालीको पारिबारिक सहमति जुट्न नसकेको स्रोतले जानकारी दिएको छ ।
 
‘सुमार्गी जसरी भएपनि ठूलो मिडियामा लगानी गर्न अघि बढेका छन्, नागरिकसँग उनले प्रस्ताव राखेका हुन्,’ स्रोतले भन्यो । नागरिक किन्न नसकेको खण्डमा उनले केही अर्ब रुपैयाँ लगानी गरेर भएपनि कान्तिपुरसँग टक्कर दिने मिडियाहाउस सञ्चालन गर्ने योजनामा रहेको समेत स्रोतले बताएको छ ।
 
‘विनोदजीले दुईअर्ब माग्नुभएको हो, तर सुमार्गीले त्यति अलि दिन नसक्ने बताएका छन् । त्यही मोल नमिलेर अहिले ब्रेक लागेको हुनसक्छ,’स्रोतले भन्यो । 
 
समृद्धिले आफ्नो फेसबुक स्टाटसमा बिक्रीको हल्लालाई काल्पनिक भन्दै नयाँ प्रविधिमा लगानी थप्दै जाने उल्लेख गरेकी छिन् ।
 
 

शेयर गर्नुहोस:

0
Shares