काठमाडौँ । नेपाल विद्यार्थी संघले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ ।
नेविसंघले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आइतबार नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दबाब दिएको हो ।
पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसंघका नेता दीपक भट्टराईले बताए । ‘दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसंघको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो,’–उनले भने ।
नेविसंघका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसंघको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नुपरेको बताए ।
नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । कांग्रे्रेस केन्द्रीय कार्यसमितिको मंसिर १ गते बसेको बैठकले नेविसंघको समयावधि दुई महिना थप गरेको छ ।
यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको कांग्रे्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न कांग्रे्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ ।







प्रतिक्रिया