मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

द्वन्द्वपीडितको पीडा घटेको प्रचण्डको दाबी

द्वन्द्वपीडितको पीडा घटेको प्रचण्डको दाबी


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको दाबी गरेका छन् । 
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको उल्लेख गरे । 
 
विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उनले भने, “द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।” 
 
शान्ति सम्झौताको हस्ताक्षरकर्तासमेत रहेका दाहालले थपे “प्रधानमन्त्रीकै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।” 
 
भरतपुर विमानस्थल जोखिमपूर्ण छ, यसको विस्तारको काम के भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा उनले विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताए । उनले भने, “भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ ।”

शेयर गर्नुहोस:

0
Shares