मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै सामाजिक विकासमन्त्री पदमुक्त

पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै सामाजिक विकासमन्त्री पदमुक्त


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार पदमुक्त गरेका छन् । 
 
नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उलाई पदमुक्त गरिएको हो । रिक्त सामाजिक विकासमन्त्रीको पदमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्य कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । 
 
प्रदेश प्रमुखको कार्यालयमा मंगलबार अपराह्न आयोजित समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई पद तथा गोपनीयताका शपथ गराए । 
 
सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावललगायत उपस्थित थिए । 
 
यसअघि गएको असोज महिनामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो । करीब दश महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित आठ मन्त्री छन् । 
 
नवनियुक्त सामाजिक विकासमन्त्रीलाई शपथग्रहण गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले पदीय मर्यादा र कार्य सम्पादन चित्तबुझ्दो नदेखिएको आरोप लगाएँदै उनलाई पदमुक्त गरिएको बताए । 
 
मुख्यमन्त्री भट्टले भने, ‘संसदीय व्यवस्थाअनुसार नै हट्ने र रहने कुरा हुन्छ ।” मन्त्रीबाट पदमुक्त गरिएका सोडारी तत्कालीन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष थिए । उनी कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ कै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।