मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अभिनेता सरोज खनालबाट चेपाङ केन्द्रलाई डेढ लाख सहयोग

अभिनेता सरोज खनालबाट चेपाङ केन्द्रलाई डेढ लाख सहयोग


चितवन । अभिनेता सरोज खनालले आइतबार चितवनको रत्ननगरस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।
 
अमेरिकामा अक्टोबर १३ मा केसी डान्स सेन्टरले आयोजना गरेको कलिउड नाइट–२०१८ मा सहभागी सुपर ममहरुले संकलन गरेको ७११ अमेरिकन डलर, महेन्द्र कुँवरबाट ५०० डलर र समाजसेवी श्याम बजिमायाबाट १०१ डलर गरी जम्मा भएको एक लाख एकाउन्न हजार एकसय १५१ रुपैयाँको चेक गामबेसीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई प्रदान गरेका हुन् ।
 
कार्यक्रममा अभिनेता खनालले दसैँमा अमेरिका गएको बेला त्यहाँ गरिएको सांस्कृति कार्यक्रमबाट उठेको पैसा केसी डान्स सेन्टरका संस्थापकद्वय नवीन केसी तथा लुना श्रेष्ठमार्फत आफूलाई यस केन्द्रमा सहयोग गर्न प्रदान गरिएको र अन्य व्यक्तिबाट पनि केही रकम सहयोग भएको हुँदा गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
 
कार्यक्रममा खनालले चेपाङ बालबालिकालाई पढेर ठूलो मान्छे बन्नुपर्छ भन्दै शिक्षाभन्दा ठूलो केही नहुने भन्दै यस केन्द्रले चेपाङ बालबालिकालाई शिक्षा दिएकोमा अध्यक्ष केपीकिरण शर्मालाई धेरैधेरै धन्यवाद दिँदै फेरि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
 
गामबेँसीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपीकिरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँसम्म आएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 
 
अहिले १३२ जना चेपाङ बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्रबाट करिब ४०० भन्दा बढी चेपाङ बालबालिकालाई शिक्षा दिएको बताए ।
 
कार्यक्रममा आधारभूत विद्यालय मंगलपुरका प्रअ रामबहादुर थापा मगर, समाजसेवी हरि केसी, पत्रकार रवि रोशीलगायतको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा चेपाङ बालबालिकाले उपस्थित सबैलाई आफ्नो समुदायको मार्मिक गीत सुनाएर भावुक बनाएका थिए ।