मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना


भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारदेखि उनका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । 
 
छोरीको बलात्कारपछि हत्या भएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी अनिश्चितकालीन धर्नामा बसेका हुन् । 
 
निर्मलाका अभिभावकले हत्यारा सार्वजनिक नगरेसम्म यहाँस्थित प्रशासन कार्यालय अगाडि २४सै घण्टा धर्नामा बस्ने चेतावनी दिएका छन् । 
 
मदनचोकदेखि शुरु भएको दबाब ¥यालीमा नागरिक सङ्घर्ष समितिका पदाधिकारी, नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी र विद्यार्थी सहभागी थिए । 
 
कञ्चनपुर नागरिक समाजका अगुवा नरबहादुर साउदले निर्मलाका हत्यारा सार्वजनिक नगरिएसम्म धर्ना जारी रहने बताए । 
 
धर्नामा नागरिक सङ्घर्ष समितिका पदाधिकारीले हत्यारालाई कारवाहीको माग राख्दै नारा जुलुशसमेत गरेका छन् । निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसेको भन्दै दुखेसो पोखिन् । 
 
गत साउन १० गते साथीको घरबाट गृहकार्य गरेर घर जान हिँडेकी निर्मलाको साउन ११ गते बिहान नजिकैको उखुबारीमा हत्या गरी शव फालिएको अवस्थामा भेटिएको थियो । रासस