मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संघीयता कार्यान्वयनको जिम्मेवारी काङ्ग्रेसको काँधमा : डा कोइराला

संघीयता कार्यान्वयनको जिम्मेवारी काङ्ग्रेसको काँधमा : डा कोइराला


विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताएका छन् । 
 
नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसका पनि रहको बताउँदै तर वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको बताए । 
 
पूर्वमन्त्री संजय गौतमले काङ्ग्रेसभित्र रहेको आन्तरिक गुटबन्दीका कारण गत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै नेताहरुलाई सच्चिन आग्रह गरे । 
 
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेका मोरङ सभापति डिगबहादुर लिम्बु, प्रदेशसभा सदस्यद्वय केदार कार्की र चुमनारायण तवदारलगायतले काङ्ग्रेसमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।