खैरहनी । नेपाल स्काउट तदर्थ समितिका संयोजक चन्दन कौशिक, नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपानेलगायतको टोलीले शुक्रबार खैरहनीस्थित डेजी आमाविको स्काउट टु«पको अवलोकन गरेका छन् ।
अवलोकनपश्चात् करिब १५० जना स्काउटसँग सम्बन्धित विद्यालयका प्राचार्य प्रेम रिमाल, स्काउट मास्टर दिनेश पाण्डेबीच छलफल गरिएको थियो । सोही क्रममा स्काउटबाट विद्यार्थीले सिकेको ज्ञानबारे चर्चा गरिएको थियो ।
नेपाल स्काउटका संयोजक कौशिकले स्काउटहरुलाई अनुशासित, स्वावलम्बी, नैतिकवान, चरित्रवान बनेर घर, विद्यालय, समाज र राष्ट्रका लागि योगदान दिनसक्ने बन्न जोड दिए ।
यस्तै, प्राचार्य रिमालले स्काउटको मर्म बुझेर असल, चरित्रवान र योग्य नागरिक बन्न विद्यार्थीहरुलाई सुझाव दिए ।
स्काउटहरु सधैँ जागरुक, अनुशासित र मर्यादित हुन सक्नुपर्नेमा जोड दिँदै जिल्ला आयुक्त तीर्थराज न्यौपानेले अहिलेको समयमा नैतिक शिक्षा झनै जरुरी रहेको बताए ।
प्रतिक्रिया