मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शान्ति सैनिक सङ्ख्या बढाउन नेपाल तयार

शान्ति सैनिक सङ्ख्या बढाउन नेपाल तयार


काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्तिपूर्ण सहअस्तित्वमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा रहेको नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहँदै आएको बताएका छन् । 
 
चीनमा जारी आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरम नामक अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा “संयुक्त राष्ट्र सङ्घको शान्ति मिशन चुनौती र सहकार्य” विषयमा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य चीनले अन्तर्राष्ट्रिय शान्ति स्थापना, बहुपक्षीय प्रणालीको सबलीकरण र आतङ्कवादविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे । 
 
छ दशकदेखि नेपालले राष्ट्र सङ्घको शान्ति मिशनमा रही योगदान दिएकाले शान्ति, सद्भाव र करुणाजस्ता सन्देश दिने गौतम बुद्धको जन्मभूमिका नेपाली ज्ञानी रहेको प्रमाणित भएको बताए । 
 
हालसम्म नेपाली सेनाका छ हजार २५७ ले शान्ति मिशनमा खटिएर स्थायित्वका लागि योगदान दिइसकेको जानकारी दिँदै उनले राष्ट्र सङ्घको आह्वानमा यो सङ्ख्या बढाउन नेपाल तत्पर रहेको उल्लेख गरे । उनले भने, “नेपाली शान्ति सेनाले विश्वमा शान्ति स्थापना, स्थायित्व र द्वन्द्वग्रस्त अवस्थामा मान्छेको जीवन र सम्पत्ति बचाउन, मानवअधिकारको रक्षा गर्न खेलेको भूमिकाको अन्तर्राष्ट्रियरुपमा सह्राहना गरिएको छ ।” 
 
उपप्रधानमन्त्री पोखरेलले मिशनका लागि नेपालको स्रोत, विज्ञता, सैन्य उपकरण र स्पष्ट मार्गनिर्देशनका विषय सोचनीय छन् भन्दै शान्ति स्थापनामा एकै खालको समाधानको उपाय सही नहुने नेपली अनुभवसमेत प्रस्तुत गरे । 
 
नेपालले मौलिक ढङ्गले शान्तिवार्ता सफल बनाएको उदाहरण स्मरण गराउँदै उले मिशनमा खटिएका सेना सम्बन्धित देशको आन्तरिक राजनीतिक मामिलाबाट टाढा रही शान्ति र विधि स्थापनाको परिणामुखी कार्यादेशमा कार्यरत हुनुपर्ने बताए । 
 
उपप्रधानमन्त्री पोखरेलको भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।