मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मला हत्याको छानबिनमा लापरबाही गर्ने दुई प्रहरी अधिकारी बर्खास्त

निर्मला हत्याको छानबिनमा लापरबाही गर्ने दुई प्रहरी अधिकारी बर्खास्त


काठमाडौँ । गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरबाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । 
 
मन्त्रालयले आज प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । 
 
प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ती जारी गरेर गृह मन्त्रालयले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि बर्खास्त गरिएको जानकारी दिए । 
 
द्धय प्रहरी अधिकारीलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय ९क०को कसुरमा नियमावलीको नियम १०९ को खण्ड ९ख० १ बमोजिम बर्खास्त गरेको जनाइएको छ । 
 
साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो । 
 
सो घटनामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले अनुसन्धानमा लापरबाही गरेको भेटिएको थियो । सरकारी छानबिन समितिले प्रहरी लापरबाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।