मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री


भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन् । 
 
आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको आरोप उनको थियो । 
 
दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा आज बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भने, “भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।” 
 
देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य संकल्प भएको उल्लेख गर्दै उनले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै ओलीले भने, “मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ ।” 
 
अहिले कर वृद्धि गरेर देशको ढुकुटी बढेको ओलीको दाबी थियो । प्रतिनिधिसभाको निर्वाचनका बेला उनको दलले वद्धभत्ता बढाएर पाँच हजार पुर्याउने घोषणापत्रमै उल्लेख गरेको थियो । तर, प्रतिबद्धताअनुरुप भत्ता नबढेकोमा ज्येष्ठ नागरिकमा परेको नेकपाप्रतिको विकर्षणका कारण ओलीले भत्ता बढाउने उद्घोष गरेका हुन् ।
 
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो । 

शेयर गर्नुहोस:

0
Shares