मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बन्द अवज्ञा गरेको भन्दै कर्मचारीमाथि कुटपिट, गाडी तोडफोड

बन्द अवज्ञा गरेको भन्दै कर्मचारीमाथि कुटपिट, गाडी तोडफोड


भीमदत्तनगर । निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गरेका छन् । साथै उनीहरुले कर्मचारीमाथि हातपात गरेको समाचारमा जनाइएको छ ।  
 
नेविसंघले भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै एकदिने कञ्चनपुर बन्दको आह्वान गरेको थियो । बन्द अवज्ञा गरेको भन्दै नेविसंघ कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णदत्त भट्ट, अपरेटर मञ्जु भट्ट र कार्यालय सहायक धनवीर भाटमाथि हातपात गरेका हुन् ।
 
कार्यालय परिसरमा रहेको बा २ झ २७१५ नम्बरको कारसमेत तोडफोड गरिएको छ । 
 
भीमदत्तनगरमा प्रदर्शन गर्दै आइरहेका नेविसंघ कार्यकर्ताले बन्दमा कार्यालय किन खोलेको भन्दै कुटपिट र तोडफोडमा उत्रिएको सरकारी वकिल कार्यालयका कार्यालय सहायक भाटले बताए । 
 
कार्यालयभित्रै प्रवेश गरेका आन्दोलनकारीले कार्यालयमा समेत तोडफोड गरेका छन् । 
 
पन्त हत्या घटना भएको लामो समय बितिसक्दा पनि हत्यारा कानूनी दायरामा ल्याउन नसकेको भन्दै बन्द गरिएको नेविसंघ कञ्चनपुरले जनाएको छ । रासस