मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक


पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न रहेको स्वीकार गरेको जानकारी दिए । 
 
छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको बताउँदै उनले केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उल्लेख गरे । 
 
प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी रु पाँच दिए । त्यसपछि पुनः रु १० देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजे । श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिए । झाडीमा घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरे । 
 
स्थानीयवासीले कुधकार विरोध ¥यालीसहित जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिँदै हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।