मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छोराको कुटपिटबाट बाबुको मृत्यु

छोराको कुटपिटबाट बाबुको मृत्यु


लहान । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । 
 
बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 
 
छोरा र बुहारीमाथि खुकुरी प्रहार
 
यसैगरी, जग्गाको विषयमा विवाद हुँदा सिरहा गोलबजार–३ तेतरीयामा आज आफ्नै बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको छ । 
 
गोलबजार नगरपालिका–३ का लक्ष्मण विश्वकर्माले ३० वर्षीय छोरा सञ्जीव विश्वकर्मा र २४ वर्षीया बुहारी सन्तोषी विश्वकर्मामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । 
 
खुकुरी प्रहारबाट गम्भीर घाइते सञ्जीवको टाउकोमा ३२ टाँका लगाएको छ भने बुहारी सन्तोषीको टाउकोमा गहिरो चोट लागेको छ । विश्वकर्मा दम्पतीको स्थानीय भुमिजा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिए । 
 
खुकुरी प्रहार गर्ने विश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रासस