मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु, एक घाइते

हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु, एक घाइते


धादिङ । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
 
दुर्घटनास्थलबाट छ जनाको शव फेला परेको छ । एक जनाको जीवितै उद्धार गरिएको छ ।  
 
नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुँवरले दुर्घटनामा छ जनाको मृत्यु भएको पुष्टि गर्दै गम्भीर घाइते एक महिलालाई डोकोमा बोकेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताए ।  
 
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । जसमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया हिरा शेर्पा, छिरी शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नोर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको नेपाल उड्ययन प्राधिकरणले जनाएको छ ।