चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरुको आन्दोलन जायज भएको बताएका छन् ।
हालै जारी गरिएको मुलुकी अपराध संहिता ऐन जनचाहनाअनुसार संशोधन हुनुपर्ने उनको भनाइ थियो ।
सोमबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले समयसापेक्ष संविधान संशोधन गर्न सकिने भएकाले संशोधनका लागि सरकारले वातावरण बनाउनुपर्ने बताए ।
चिकित्सकमात्रै नभई अन्य पक्षको पनि ऐनको विपक्षमा आवाज उठिरहेको बताउँदै सभापति देउवाले समयसापेक्ष संशोधनका लागि आफूले पनि भूमिका खेल्ने बताए ।
सभापति देउवाले मुलुकको शान्ति सुरक्षाको विषयमा अहिलेको सरकार निकम्मा सावित भएको बताएका छन् ।
कन्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार पछिको हत्या घटनालाई उद्यृत गर्दै सभापति देउवाले भने, ‘नेपाली समाज सुरक्षित छैन । महिलामाथि बढ्दो हिंसा भए पनि सरकार चुप लागेर बसेको छ ।’
प्रतिक्रिया