भरतपुर । दक्षिण चितवनको माडी नगरपालिका ९ स्थित अयोध्यापुरीमा एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
गोविन्देश्वर सामुदायिक वनमा गाईबस्तु चराउन गएका अयोध्यापुरीका ५६ वर्षीय जीतबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीयले बिहीबारदेखि हराएका राईको खोजी गर्दै जाँदा शुक्रबार बिहान ११ बजे गोविन्देश्वर सामुदायिक वनमा शव फेला परेको थियो ।
मृतक राईको टाउको र खुट्टा बाघले खाइसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
माडीमा जंगली जनावरको आक्रमणमा परी यसअघि पनि थुप्रै मानिसले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया