मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा : पौडेल

सरकार द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा : पौडेल


तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको बताएका छन् ।  
 
तनहुँको व्यास नपा–१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा नेता पौडेलले माओवादी द्वन्द्वकालमा लुटेका जग्गा पास गराउने खेलमा वर्तमान सरकार लागेको बताएका हुन् । 
 
वर्तमान सरकारले एकपछि अर्को अराजनीतिक परिस्थितिहरु सिर्जना गर्दै गएको भन्दै उनले सरकारको बल मिचाइँ प्रतिपक्ष काँग्रेसलाई मान्य नहुने स्पष्ट पारे । उनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै आलोचना गरे । 
 
सो खानेपानी योजना रु १५ लाखको लागतमा सम्पन्न भएको हो । बुधबार नै काँग्रेस वरिष्ठ नेता पौडेलले तनहुँको भादगाउँ, पोखरी भञ्ज्याङलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गरेका थिए । 

शेयर गर्नुहोस:

0
Shares