मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विकास र समृद्धिको नारा सरकारले पूरा गर्न सक्दैन : नयाँ शक्ति

विकास र समृद्धिको नारा सरकारले पूरा गर्न सक्दैन : नयाँ शक्ति


काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको नारा सरकारले पूरा गर्न नसक्ने आरोप लगाएको छ । 
 
पार्टीको राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषद्ले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा ऐतिहासिक उपलब्धिलाई कुल्चेर जनता आहत हुने गरी सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाएको हो । 
 
सो अवसरमा राज्य व्यवस्था तथा संसदीय मामिला विभाग प्रमुख एवं पूर्वमन्त्री कल्पना धमलाले बजेटको ७३ प्रतिशत केन्द्र सरकारलाई राखेर प्रदेश र स्थानीय सरकारलाई शाखा कार्यालयका रुपमा व्यवहार गरेकामा आपत्ति जनाइन् ।  
 
वर्तमान सरकार संविधानको कार्यान्वयन र मौलिक हकसम्बन्धी कानून निर्माण गरेर जनताको हक सुनिश्चित गर्नुपर्ने कार्यभारलाई थाँती राखेर नाफा, सेवा, सुविधा र सत्ता एकाधिकारको विधि निर्माणमा लागेको आरोप पनि उनले लगाइन् । 
 
पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी  नेतृ धमलाले भनिन्, “पानीजहाज, मोनो रेलजस्ता महत्वकांक्षी योजना बाँड्ने तर व्यवहारमा सरकारले राजधानीको सडकमा भएका खाल्डासमेत पुर्न सकेको छैन, भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पालमुनिको जिन्दगी काटिरहेका जनतालाई उचित राहतको व्यवस्था गर्न सकेको छैन ।” 
 
आन्दोलनका लागि स्थान तोक्नु भनेको अन्य राजनीतिक दलमाथि प्रतिबन्ध लगाउनुसरह भएको आफ्नो पार्टीेको ठहर रहेको पनि उनले बताए । 
 
शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरणको अन्त्य, बलात्कारीलाई कडा सजाय, भ्रष्टाचारको अन्त्य, असारे विकासमा भएको खर्चको छानबिन गर्नुपर्ने, समयमा काम नगर्ने ठेकेदारमाथि कानूनी कारबाही गर्नुपर्ने, सुनकाण्डको छानबिनलाई तत्काल निष्कर्षमा पु¥याउनुपर्र्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मूल्य वृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानबिन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्नेलगायतका माग सो पार्टीले अघि सारेको जनाएको छ । रासस

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares