नवलपुर । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले वर्तमान सरकार आफ्नै कारणले ढल्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा रहेको यो सरकारले एकपछि अर्को जनविरोधी काम गर्दे गइरहेकाले सरकार आफ्नैं कुकृत्यका कारण ढल्ने उनको दाबी छ ।
वर्तमान सरकारले जनविरोधी काम गर्दे गइरहेकोले त्यसका विरुद्ध मंगलबारदेखि देशव्यापी प्रदर्शन सुरु गरेको नेपाली कांग्रेसको कावासोतीमा आयोजित कोणसभालाई सम्बोधन गर्दे नेता नेपालीले सरकार अपराधिक क्रियाकलापतर्फ उद्यत भएको बताएका हुन् ।
‘यिनीहरुको अपराध बढ्दैं गएको छ, यिनीहरु आफ्नैं कारणले ढल्छन्’, नेता नेपालीले भने, ‘५१ सालमा बनेको कम्युनिस्ट सरकार पनि अपराधको सीमा नाघेपछि ढलेको हो ।’
नेता नेपालीले कम्युनिस्टहरुले जनतालाई झुक्काएर बहुमत हासिल गरेको दाबी गरे । उनले वृद्धवृद्धालाई पाँच हजार भत्ता दिन्छौं भनेर ढाँटेर भोट तान्न कम्युनिस्टहरु सफल भएको आरोप लगाए । उनले भने, ‘चुनावका बेला हुनैं नसक्ने अनेकौं सपना बढेर भोट तान्न सफल भए । अहिले आफ्नो प्रतिबद्धता विपरित काम गरिरहेका छन् ।’
उनले थपे, ‘दिनदिनै जनविरोधी काम गरेर समृद्धि आउँदैन, जनताको ढाँड सेक्ने गरी भएको मुल्यवृद्धिको नियन्त्रण गर्नुपर्छ ।’
सभामा नेपाली कांग्रेस नवलपरासीका सभापति एवम् गण्डकी प्रदेशसभाका सदस्य विष्णु लामिछानेले सरकार अधिनायकवादतर्फ उन्मुख भएकाले नेपाली कांग्रेसले खबरदारी गर्न परेको बताए ।
नेपाली कांग्रेस नवलपुरको आयोजनामा भएको विरोध ¥याली कावासोतीको बीपीचोक, सभापतिचोक, ईन्द्रचोक, थानाचोक हुँदै फलफूलचोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।
कार्यक्रममा पूर्वसांसद महेन्द्रध्वज जिसी, प्रदेशसभा सदस्य ओमकला गौतमलगायत कांग्रेसका भातृसंस्थाका प्रमुख र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेसका भातृसस्थाहरुको तर्फबाट तरुण दल नवलपुरका अध्यक्ष सूर्य गुरुङले बोलेका थिए । कांग्रेसले ओली सरकारको सर्वसत्तावादको विरुद्ध देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै खबरदारी गरेको छ ।







प्रतिक्रिया