मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन


चितवन । नेपाली काँग्रेस चितवनले नारायणगढ बजारमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भरपुरको चौबीसकोठीबाट सुरु भएको प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर समापन भएको हो । 
 
विरोध ¥यालीमा हजारौँको संख्यामा काँग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नारायणगढको पुलचोकमा भएको कोणसभामा बोल्दै काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारले क्रियाकलापले नै काँग्रेसलाई आन्दोलन गर्न बाध्य बनाएको जिकिर गरे । 
 
नेता भण्डारीले भने, ‘छोटो समयमै सरकारको विरोध गर्न त मन थिएन, तर अधिनायकवाद शैलीमा जनतालाई मारमा पार्ने काम गरेपछि बाध्य भएर सडकमा उत्रिएका हौँ ।’ नेता भण्डारीले सरकार यसरी नै चल्दै गए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । 
 
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले काँग्रेस सिद्घियो भन्ने नेकपाका अध्यक्ष प्रचण्डलाई चितवनको प्रदर्शन हेर्न चेतावनी दिए । उनले भने– ‘जसको बुई चढेर पार्टी सक्किनबाट जोगियो, उसैलाई अब पार्टी सकियो भन्ने ?’
 
सरकारले जनहित विरुद्ध कार्य गर्दै जान थालेपछि कांग्रेस सडकमा उत्रिनुपरेको बताउँदै श्रेष्ठले सरकार नसुध्रिए विरोधका कार्यक्रम बढ्दै जाने बताए । 
 
सभामा प्रदेश सांसद गीता वाग्ले, काँग्रेस जिल्ला सचिव उत्तम जोशीलगायतका हजाराैँ नेता कार्यकर्ताको सहभागीता थियो । काँग्रेसले सरकारको विरुद्ध ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरेको छ ।