मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उत्तर कोरिया पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन जना पक्राउ

उत्तर कोरिया पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन जना पक्राउ


काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । 
 
ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र महाराजगञ्जबाट पक्राउ गरेको हो । 
 
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णहरि शर्माले कोरियाका साथसाथै अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशमा रोजगारीको राम्रो अवसर छ भनेर सर्वसाधारणलाई झुक्याएर पैसा लिने गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । 
 
पक्राउ परेका तीनै जनालाई आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।