मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेडिकल व्यवसायी प्रसाईंलाई कारबाही गर्न माग

मेडिकल व्यवसायी प्रसाईंलाई कारबाही गर्न माग


काठमाडौँ । नेपाली काँग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि जरूरी सार्वजनिक मह¤वको प्रस्ताव दर्ता गराएको छ । 
 
प्रमुख प्रतिपक्षी दल काँग्रेसले आइतबार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरूरी सार्वजनिक मह¤वको विषयमाथि छलफल गर्नका लागि संघीय संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएको हो । काँग्रेसले झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले केही समयअघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानुनको उल्लंघन भएको आरोप लगाएको छ । 
 
उक्त अभिव्यक्तिले नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको ठहर गर्दै काँग्रेसका सांसद डिला संग्रौला (प्रस्तावक) तथा लक्ष्मी परियार र प्रमिला राई (समर्थक) ले तत्काल कानुनी कारबाहीका लागि उक्त प्रस्तावको सूचना दिएका हुन् । 
 
त्यस्तो अभिव्यक्तिले मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा समेत आँच पु¥याउन सक्ने भन्दै उनीहरूले निजमाथि कानुनी कारबाही गरी संविधान र कानुनको पालनामार्फत् नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक रहेकाले प्रस्ताव दर्ता गराएको उल्लेख गरेका छन् ।