चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूली नदीमा खसेको छ । शुक्रबार दिउँसो बस त्रिशूलीमा खस्दा आठ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले बसलाई ठक्र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको चितवन प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । दुई महिला, तीन पुरुष र एक बालकको मृत्यु भएको प्रवक्ता ढकालले जानकारी दिए । घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याउने काम भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ । अहिले घट्नास्थलमा प्रहरीले उद्धार जारी राखेको छ ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालले जानकारी दिए ।
प्रतिक्रिया