नेपाल

डा केसीको माग सम्बोधन गर्नुपर्छ : सिटौला

डा केसीको माग सम्बोधन गर्नुपर्छ : सिटौला


चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्राडा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
 
चितवनमा पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले डा केसीको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । 
 
डा केसीले उठाएका माग जायज भएको उल्लेख गर्दै नेता सिटौलाले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । 
 
उनले भने, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या उत्पन्न भएको हो ।” 
 
उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए ।