मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सातै प्रदेशका प्रमुख र सशस्त्रका एआईजीको नियुक्ति खारेज गर्ने कम्युनिष्ट सरकारको निर्णय

सातै प्रदेशका प्रमुख र सशस्त्रका एआईजीको नियुक्ति खारेज गर्ने कम्युनिष्ट सरकारको निर्णय


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्ति भएका सातै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्ति वर्तमान सरकारले खारेज गर्ने निर्णय गरेको छ ।
 
मन्त्रिपरिषद् बैठकले माघ ३ मा नियुक्ति पाएका प्रदेश प्रमुखहरुको पद पनि खारेजी गर्ने निर्णय गरेको हो । अब ती ठाउँमा नयाँ व्यक्ति नियुक्त हुने सरकारका एकजना मन्त्रीले जानकारी दिए ।
 
तत्कालीन सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
 
नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् ।
 
यस्तै, देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० हरुको बढुवासमेत खारेज हुने भएको छ ।
 
मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर जाने भएको हो । अब, उनीहरुले डीआइजीकै तहबाट जागिरबाट बाहिरिनुपर्ने भएको छ ।
 
निर्णय बदरमा पर्ने एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् । उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा बढुवा गरेको थियो ।
 
सरकारले निर्वाचन आचारसंहिता लागिसकेपछि देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु खारेज गर्ने निर्णय गरेको हो ।