मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कमल थापाको उद्घोष- हिन्दूराष्ट्र पुनःस्थापना गर्ने दाबी

कमल थापाको उद्घोष- हिन्दूराष्ट्र पुनःस्थापना गर्ने दाबी


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गराउन पार्टीले जनसंघर्षका कार्यक्रम अघि बढाउने बताएका छन् । 
 
चितवनको भरतपुरमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनसंर्घषको पूर्वतयारीका लागि अगामी असार २८ गतेबाट हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण अभियान सञ्चालन गर्ने जानकारी दिए ।
 
राप्रपाले असार २८ गते काठमाडौँमा हिन्दुराष्ट्रका पक्षधरहरु जम्मा गरी वृहत सभा गर्ने तयारी गरेको छ । आगागी असोज मसान्तसम्म हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण अभियान सञ्चालन गर्ने अध्यक्ष थापाले बताए ।
 
फाल्गुण ७ गतेदेखि हिन्दुराष्ट्र जनसंर्घष कार्यक्रम थाल्ने राप्रपाको तयारी छ । अभियानकै क्रममा राप्रपाबाट फुटेर गएका अन्य शक्तिहरुसँग पनि पार्टी एकता गर्ने उनले जानकारी दिए । ६र६ महिनामा फुट्नका लागि किन पार्टी एकता गर्नुहुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष थापाले अब कहिल्यै नफुट्ने गरी सबै तयारीका साथ पार्टी एकता गरिने बताए ।
 
“यस पटकको पार्टी एकता हामीले हचुवा र हतारको आधारमा गर्दैनौं, केही व्यक्तिको स्वार्थ परिपूर्तिका लागि पदीय भागवण्डाको आधारमा अबको एकता हुँदैन”– अध्यक्ष थापाले भने । 
 
राप्रपा नेपाल र राप्रपाबीच भएको पार्टी एकता गल्ती नभए पनि एकतालाई जोगाउन नसक्नु कमजोरी भएको अध्यक्ष थापाको भनाइ छ । अबको पार्टी एकता गएको महाधिवेशनमा लिइएको नीति, सिद्धान्त र कार्यक्रमको आधारमा नै हुने अध्यक्ष थापाले बताए ।
 
केपी ओली नेतृत्वको सरकारका बारेमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारबाट आशा र आशंका दुवै रहेको उल्लेख गरे । प्रधानमन्त्री केपी ओलीले हालै गरेको चीन भ्रमण र सहमतिलाई उनले अत्यन्तै सकारात्मक भएको टिप्पणी गरे । तर, उनले दुई तिहाईको दुरुपपोग नगर्नसमेत सचेत गराए ।