मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेमीसँग मिलेर श्रीमानलाई भीरबाट धकेलेर हत्या

प्रेमीसँग मिलेर श्रीमानलाई भीरबाट धकेलेर हत्या


धनगढी । श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ ।
 
प्रेमीसँग मिलेर २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गर्ने कञ्चनपुर पुनर्वास नगरपालिका-२ की लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिकाका दीपक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 
गत वैशाखमा कञ्चनपुर पुनर्वास नगरपालिका दशरथ बस्तीका तेजबहादुर बिष्टको लक्ष्मीसँग मागी विवाह भएको थियो । यही असार ८ गते श्रीमतीसहित ससुराली गएका बिष्ट सोही रातिदेखि बेपत्ता भएपछि आफन्तले खोजतलास गरेका थिए । 
 
कतैपनि पत्ता लगागेपछि बिष्टका आफन्तले प्रहरीलाई खबर गरेकामा प्रहरी टोलीले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने भासुकोे भीरमा बिष्टलाई गए राति मृत अवस्थामा फेला पारेको छ । बेपत्ता बिष्टको खोलतलासका क्रममा लक्ष्मी र उनका प्रेमी भनिएका खत्रीमाथि शंका लागेर अनुसन्धान गर्दा उनीहरुले नै गए राति बिष्टको हत्या भएको घटनास्थल देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।  
 
बिष्टको लास सडकबाट झण्डै सात सय मिटर तल भेटिएको थियो । म२प ७४७७ नंको मोटरसाइकल सडकवाट १३० मिटर तल भीरमा खसेको छ ।
 
भीरबाट आज मंगलबार शव उठाएर सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको छ । घुम्न जाने बहाना बनाई लक्ष्मीले आफ्ना प्रेमी खत्रीसँग मिलेर श्रीमान बिष्टलाई भासुको भीरसम्म पु¥याई कुटपिट गर्दै सोही भीरबाट खसालेर हत्या गरेको खुल्न आएको घिमिरेले बताए ।  
 
घटनास्थल निकै भिरालो र कठिन भएकाले लास उठाउन प्रहरीलाई धेरै समय लागेको थियो । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरे पहाडी क्षेत्रमा पर्ने भासुको भीर ठूलो र डरलाग्दो छ । गोदावरी नगरपालिका—१० माइती घर भएकी लक्ष्मी र सोही नगरपालिकाको खमौरा गाउँका दीपकबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको जनाइएको छ । रासस