चितवन । नेपाल स्काउटको ६७ औँ स्थापना दिवसका अवसरमा नेपाल स्काउट चितवनले भरतपुर अस्पताल परिसर सरसफाइ तथा वृद्व वार्डका बिरामीलाई जुस खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला आयुक्त तीर्थराज न्यौपानेको अध्यक्षता एवम् सिंहबहादुर कुँवरको संयोजकत्वमा भएको कार्यक्रममा भरतपुर अस्पतालका सुपरिटेन्डेन्ट रविन खड्का आतिथ्य रहेको थियो ।
कार्यक्रममा आयुक्त न्यौपानेले विभिन्न परोपकार तथा उद्धारका काममा लागिपरेको स्काउटले बुधबार भरतपुर अस्पतालमा उपचार गराइरहेका तथा उपचारका लागि आएका वृद्ववृद्वालाई जुस खुवाएर आत्मीयता साटेर जन्मदिन मनाएको बताए ।
कार्यक्रममा चितवन रोभर रेन्जर क्रियू, स्मार्ट क्रियू, स्टेप वाई स्टेप स्काउट क्रियू, चितवन मावि स्काउट ट्रुप र आरुषी मिडियालगायत २०० स्काउटको सक्रिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया